कोरोना नियन्त्रणमा चीनसंग नेपाली राजनीतिक दलका नेताले भने हामीलाई अझै सहयोग गर्नुपर्यो

जेठ १२ ,काठमान्डौ – नेपालमाका राजनीतिक दलहरुले छिमेकी मुलुक चीनसंग कोभिड–१९ सङ्क्रमणकोविरुद सहयोगको अपेक्षा गरेका छन्।

बुधवार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले नेपाल र चिनका राजनीतिक दलसँग महामारीका बेला संयुक्त रूपमा अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा नेताहरुले यस्तो धारणा राखेका हुन्।

धेरै जस्तो राजनीतिक दलका नेताहरूले चीनको महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै चीनबाट स्वास्थ्य सामग्रीका लागि ठूलो अपेक्षा गरिरहेको बताएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु खुसीको कुरा भएको बताएका छन् ।

यस्तै नेपालको हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको पनि उनले बताए।

दाहालले अगाडी भने २०७२ सालको महाभूकम्पमा पनि चीनले नेपाललाई गरेको सहयोगको स्मरण गरे। तेस्तै अब नेपालि जनताले चीनबाट कोरोनाविरुद्दको भ्याक्सिनको आशा गरेकोपनि बताए।

बैठकमा सहभागी भएर बोल्दै गरेका उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरेलले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलीसकेको र गम्भीर मोडमा पुगेको बेला चीन सरकारले गरेको बैठकलाई उच्च प्रशंसा गरे।

हामि आशावादी छौ चीन सरकारले हामीलाई निरन्तर सहायो गर्ने छ उनले भने। उपप्रधानमन्त्री पोखरेलले शान्ति, स्थिरता, विकास र समृद्धिको यात्रा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सफल हुने विश्वास गरे र पार्टीको शतवार्षिकीको उपलक्ष्यमा शुभकामना दिए ।

नेपालि कांग्रेसका नेता डा.नारायण खड्काले नेपाल अहिले कोरोना महामारीको संकटमा फसेको बताउदै चीनले स्वास्थ्य सामग्री सहयोग गरेकोमा आभार व्यक्त गरे ।

जसपा पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीव्र प्रतिक्रियाको नीतिले चीनले महामारी नियन्त्रणमा लिएको भन्दै नेपालमा स्वास्थ्य सामग्रीको चरम अभाव रहेकोतर्फ चीनको ध्यानाकर्षण गराए । उनले भेन्टिलेटर, अक्सिजन, मेडिसिन लगायतको अभाव भएकोले चीनबाट सक्दो सहयोग र सहानुभूतिको अपेक्षा राखेको बताएका हुन् ।