केपी ओलीको प्रवृति पृथ्वीसुब्बा गुरुङले गण्डकीमा दोहोर्याए मुख्यमन्त्रीमा दाबी पेश

जेठ २९ ,काठमान्डौ – विश्वासको मत माग्दा नपाएर अल्पमतमा परिसकेका नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रदेशसभामा विश्वासको मत माग्दा अल्पमतमा परिसकेका उनले केन्द्रमा प्रधानमन्त्री ओलीले गरेको प्रवृति दोहोर्याएका छन्। आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबी गर्दै प्रदेश प्रमख सीता कुमारी पौडेलसमक्ष दाबी पेश गरेका हुन् ।

तर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै शुक्रबार मात्रै ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश भएको थियो ।

गण्डकीमा सरकार बनाउन ३१ जना सदस्य चाहिन्छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतसहित दाबी पेश गर्न आज तीन बजेसम्मको समय दिएकि थिइन् ।