ओली भाईरस पोखरामा सर्यो सशक्त प्रतिवाद गरौं : डा बाबुराम भट्टराई
जेठ २९ ,काठमान्डौ – केपी ओली भईरस पोखरामा सल्केको देखिएपछि यसलाई सबैले मिलेर प्रतिबाद गर्न जसपाका अधय्क्ष डा. बाबुराम भट्टराईले बताएका छन्। उनले केन्द्रमा प्रधानमन्त्री ओलीले गरेको ठ्याक्कै प्रवृति दोहोर्याएपछि भट्टराईको यस्तो भनाई आएको हो।
यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भट्टराईको भनाई छ । ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं ओली भाइरसबारे कुनै भ्रममा नपरौ।
सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं भट्टराईले भनेका छन्। विश्वासको मत माग्दा नपाएर अल्पमतमा परिसकेका नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा प्रस्ताव गर्दै शुक्रबार मात्रै ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।