विवादमा परेका नरोत्तम वैद्यको चौतर्फी चर्चा : नाथुराम गोड्से बन्छु तेसै भनेको कहाँ हो र ?

जेठ २९ ,काठमान्डौ – नेपाली कांग्रेसका वाग्मती वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको चौतर्फी चर्चा भईरहेको छ। प्रधानमन्त्री ओलीको प्रवृतिलाई देखेर उनले ओलीलाई तेसै छोड्न नहुने र नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएको छ ।

नरोत्तम वैद्यले आजको प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएर देशलाई बचाउन माग गरेका थिए। यस्तै अवस्था हो भने केपी ओलीले देश खाने पनि उनले बताएका थिए।

त्यस्तै चौतर्फी आलोचना पछि वैद्यले आत्मालोचना गरेका थिए। उनले केपी ओलीलाई बोलेको कुरालाई नभई माहात्मा गान्धीको बारेमा बोल्दा आत्मालोचना गरेको बताउदै आफ्नो बोलि फिर्ता लिएका थिए।

तर केपी ओलीले संघमा गरेको प्रवृतिलाई गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले दोहोर्याएपछि चौतर्फी नरोत्तम वैद्यको चर्चा भएको हो। धेरैले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन् वैद्यले त्यसै भनेका होईनन नाथुराम गोड्से बन्न तयार छु भनेर उनले भनेको शब्द सहि थियो।

प्रदेशसभामा विश्वासको मत माग्दा अल्पमतमा परिसकेका पृथ्वीसुब्बा गुरुङले केन्द्रमा प्रधानमन्त्री ओलीले गरेको प्रवृति दोहोर्याएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

 

आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबी गर्दै प्रदेश प्रमख सीता कुमारी पौडेलसमक्ष दाबी पेश गरेका हुन् । तर हिजोनै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै शुक्रबार मात्रै ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।