Simta
Simta
lekbesi

थप २ हजार ८२८ जनामा कोरोना संक्रमण ३ हजार ८२ निको

Gurvakot

असार २ ,काठमाडौं – गत २४ घन्टामा नेपालभरीबाट थप २ हजार ८२८ जनामा कोरोना संक्रमण फेला परेको छ भने ३ हजार ८२ जना निको भएर घर फर्केका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पीसीआर र ४ हजार ३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा हेर्दा कोरोनाबाट ५२ जनाको निधन भएको छ। यो सागै हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ।

lekbesi

नेपालमा कूल कोरोना संक्रमितको संख्या ६ लाख ८ हजार ४७२ पुगेको छ भने निको हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ। यस्तै सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

Simta