Simta
Simta
lekbesi

मनाङमा बाढीले कमर्सियल र प्रभु बैंकको भवन बगायो एक कर्मचारी सम्पर्कविहिन

Gurvakot

असार २ ,मनाङ- मर्स्याङ्दी नदीमा आएको बाढीले नासो गाउँपालिकामा रहेको भवनसहित प्रभु बैंक र प्राइम कमर्सियल बैंकको भवन बगाएको छ ।

प्राइम कमर्सियल बैंकका एक कर्मचारी सम्पर्कविहीन रहेको पाईएको मनाङ प्रहरी प्रमुख डीएसपी सुवास खड्काले बताए ।एक कर्माचार सम्पर्कविहिन रहेको भनें खबर आएको र सीमा प्रहरीचौकी धारापानीलाई सत्य तथ्य जानकारी दिन भनिएको खड्काले बताए।

त्यस्तै बाढीले नासो गाउँपालिका वडा नम्बर ३, धारापानीस्थित भवनहरुपनि बगाएको छ भने पाँचवटा होटेल पनि बगाएको पाईएको हो। क्षति विवरण भने अझै आउन सकेको छैन।

lekbesi
Simta