surkhet

कोरोनाका लक्षण देखिएकाहरु पनि परिक्षण गर्न नआएको स्वास्थ्य मन्त्रालयको गुनासो

surkhet

असार २ ,काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजको दिन सम्म नेपालभरीमा कोरोनाका सक्रिय बिरामी ६२ हजार ११७ रहेको छ ।

त्यस्तै तिमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४ हजार ३११ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार ४३ जिल्लामा ५०० सय भन्दा माथि सक्रिय बिरामी छन्।

Gorkha

यस्तै सबै भन्दा बढी कोरोनाका बिरामी रहेका जिल्ला काठमाडौं,भक्तपुर ,ललितपुर,रुपन्देही कैलाली ,मोरङ्ग दाङ्ग ,धनुषा ,सुर्खेत र चितवन रहेको जनाईएको छ।तुलानात्मक रुपमा पछिल्ला १४ दिनलाई हेर्दा निम्न जिल्लामा कोरोनाका बिरामी बढेको पाईएको पनि मन्त्रालयले जनाएको हो।

Dailekh

जसमा प्रदेशन १ को उदयपुर ,पांचथर ,तेह्रथुम ,वाग्मती प्रदेशमा नुवाकोट ,गण्डकी प्रदेशको नवलपरासी पूर्व ,लुम्बिनी प्रदेशको रोल्पा ,कर्णाली प्रदेश हुम्ला ,जुम्ला ,रुकुमपश्चिम दैलेख र सुदुरपश्चिम प्रदेशको डोटी ,बाजुरा रहेका छन् भन्ने अन्य जिल्लामा कोरोनाका बिरामी घटेका देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै परिक्षणको मात्र कम भएको कारणले पनि कोरोना संक्रमितको संख्या कम देखिएको मन्त्रालयको दाबी छ। आफू वा परिवारमा कुनै त्यस्ता लक्षण पाईएमा तुरुन्त परिक्षण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। गत २४ घन्टामा नेपालभरीबाट थप २ हजार ८२८ जनामा कोरोना संक्रमण फेला परेको छ भने ३ हजार ८२ जना निको भएर घर फर्केका छन्।

salyan