सिन्धुपाल्चोकमा बाढीको वितण्डाले अर्बौ क्षति वेपत्ता भएका अझै फेला परेनन्

असार ३ ,काठमाडाैं – केहि दिनको निरन्तर वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी उर्लिएर आएको बाढीले इन्द्रावती करिडोरमा मानवीय क्षतिसहित अर्बौं रुपैयाँबराबरको क्षति गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बु,२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा–३ का ६५ वर्षीया टीकामाया खड्का, ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, ६ का ३५ वर्षीया चेङा तामाङ र उनकी श्रीमती (नाम नखुलेको), चौतारा सागाचोकगढी नगरपालिकाका २३ वर्षीय समुद्र नेपाल बेपत्ता छन्।

त्यस्तै बाढीमा एक महिलाको शव फेला परेको । बाढीले अवरुद्ध भएको विद्युत् आपूति सुचारु नहुँदा सञ्चारविच्छेद भएका कारण मेलम्ची बजारमाथिको अवस्था र क्षतिबारे थप विवरण अझै यकिन हुन सकेको छैन।
यस्तै बढीले मेलम्ची खानेपानी ड्याम बगाएको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोटे पुल तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल, क्रसरहरु सम्पूर्ण बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ ।

lekbesi

त्यस्तै मेलम्ची खानेपानीको हेडवक्स,आर्मी क्याम्प मेलम्चीको पक्कि पुल ,ससस्त्र क्याम्प,मेलम्ची झोलुङ्गे पुल,खोला किनारका ८ माछा फर्महरु,संगै खेती योग्य जमिन,मेलम्ची बसपार्क बगाएको छ।

मेलम्ची खानेपानीका ३५/४० जना कामदार सम्पर्क विहीन रहेको पाईएको छ भने तिम्बुदेखि मेलम्चीबजार सम्मका २० औं जना स्थानीय पनि सम्पर्कमा नरहेको पाईएको हो।

१२ करोड लगानीमा निर्माणाधीन मेलम्ची नगरपालिकाको पर्यटन समृद्धिको आधार बहुप्रतीक्षित सिटी पार्कपनि बढीले बगाएको छ। मेलम्ची आयोजनामा काम गर्नेहरू बस्ने चिनियाँ क्याम्पमा समेत बाढी पसेपछि ३७ जनाको उद्दार गरिएको छ भने बाढीले फसेर घरको छतमा रहेकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको थियो।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्थानीयवासी र विभिन्न दलका नेताहरू लागेर बेपत्ताको खोजी भईरहेको छ। सिन्धुपाल्चोकमा जुरै पहिरोबाट २०७१ सालमा १४५ जनाको ज्यान गएको थियो।

त्यसपछि सिन्धुपाल्चोकमा वर्षेनी बाढी र पहिरोबाट स्थानिले ज्यान गुमाउनु परेको छ। नागरिकले आफुहरुलाई सुरक्षित बास्थानमा राख्न आग्रह गर्दापनि सरकारले वेवास्था गरेपछि सिन्धुपाल्चोकमा आयो अवस्था भोग्नुपरेको स्थानीय बताउछन।