मौसमविद् भन्छन अझै केहि दिनसम्म मौसम सक्रिय

असार ५ ,काठमान्डौ – केही दिनदेखि सक्रिय रहेको मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन्। यो वर्ष जेठ महिनामा मौसम सक्रिय भएको र तत्काल अवस्था कम्जोर नहुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

केहि दिन सम्म वर्षाको सिलसिला निरन्तर जारी रहन रहने र केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ। मौसम विभागका अनुसार अहिलेपनि प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ।

यस्तै प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण हुने महाशाखाले जनाएको छ। त्यसतै आज क्षणीक मध्यम बर्षाले कर्णाली ,कोशी ,महाकालीका जलाधार बढ्नसक्ने हुँदा सबै सचेत हुन पनि महाशाखाले जनाएको हो।