क्लबहाउसमा नेपाल प्रहरीको फेक आइडी बनाउने युवा प,क्राउ

असार ८ ,काठमान्डौ – सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको लोगो, पोसाक र नाम प्रयोग गरेर फेक आईडी बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका ६ का २० वर्षका ईशान लामिछाने रहेको ब्युरोले जनाएको छ ।

क्लब हाउसमा नेपाल पुलिस नामको सोसल रुम बनाएर प्रहरी अधिकृतको दर्ज्यानी चिह्न अङ्कित पोसाक तथा नामसहित बहस गरी सिंगो प्रहरीको छवि धुमिल्याएको आरोपमा प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको बताएको छ।अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।