रुपा सुनार घटनाले लियो उग्र रुप :काठमान्डौ बासीले भने दलितलाई लखेट्छौ
साउन ९ काठमान्डौ – वैशाख १ गतेको घर भाडा कोठाको बिषयलाई लिएर रुपा सुनार र सरस्वती प्रधानको घटनाले समाजिक संजाल चर्किएको छ।आफुलाई जातका कारन कोठा नदिएको भन्दै रुपाले बबरमहलकि सरवस्ती प्रधानविरुद्ध उजुरी गरेपछि प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनाले गर्दा दलितहरूलाई काठमाण्डौँमा कसैले डेरा नदिने भन्दै आन्दोलन गर्ने तयारी गरिएको छ, भने समाजिक संजालभरी रुपा सुनारलाई तल्लोस्तरको गाली बेजती गरिएको छ ।
अति गरे खति हुन्छ, दुई दिनको चर्चा र अरूलाई दु:ख दिदा, थुनाउदा, हत्कडी लगाउदा आफू र आफ्ना बिरादरी पनि जीवनभरि प्रताडित भइन्छ भन्ने चेत नखुलेकि रुपा सुनारले गर्दा काठ्मान्डौबासीले दलितदेखि होसियार भन्न थालेका छन्।
कसैलाई डेरा चाहिए सरकारसंग माग्नुपर्छ। कसैले पनि जुनसुकै जातको किन नहोस्, कसैको निजी घरमा जबरजस्ति डेरा बस्न पाउनुपर्छ भन्नु कबाडी मगज भएको पनि समाजसेवि भिम उपाध्यायले बताएका छन ।कानुन, पुलिस, प्रशासन वा वकिल भनेका समाजमा द्वन्द घटाउन हैन, द्वन्द झन् चर्काउनमा राम्ररी प्रशिक्षित हुन्छन्।
विवाद हटाउन हैन बढाउनमा मजा लिन्छन्। तिनको शरण परेमा भएको सामाजिक सद्भाव पनि सोत्तर हुन्छ यो खराब संकेत भएको पनि भिम उपाध्ययले बताए ।पक्राउ परेकी प्रधानलाई प्रहरीले अनुसन्धान गर्ने भन्दै थप तीन दिन सम्म हिरासतमा राखेको छ ।
घर बेटि प्रधानले भने रुपा सुनारसङग कुनै जातिय कुरा नगरेको बताउदै आएकि छिन । मेरो घर हो मैले भाडामा दिने वा नदिने मेरो बिचारको कुरा हो ।सल्हा गरौला भन्ने कुरा चलेको थियो कुनै जातिय कुरा निकालेको होइन उनले भनेकी छिन ।
रुप सुनारले आफै म त कामी हुँ आन्टी, अप्ठेरो हुन्छ कि हुँदैन’ भनेर सोधेकी थिइन। मैले घरमा सल्लाह गर्छु मात्रै भनेको हुँ ,घरमा सासुआमा, श्रीमानलाई सोध्नुपर्छ एक्लै निर्णय लिन मिल्दैन मेरो पनि त सबै अधिकार छैन भनेको थिए। मैले मेरो घरमा यति भन्न नमिल्ने ? त्यस्तै सरस्वती प्रधानले रुपाले आफूलाई फसाउन यो खेल खेलको खेलेको बताएकि छिन।