उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा संचालन

काठमाडौँ – उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । जनस्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोर बिजोर प्रणालीमा चलाउन दिईने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन । यसअघि बिहान ११ बजेसम्म संचालन हुँदै आईरहेका खाद्यान्नका पसल भने अब साँझ ६ बजे सम्म खुल्न पाईने भएको छ।

यस अघि निजि सवारीसाधन र ट्याक्सीहरुलाई जोर–बिजोरमा संचालन हुँदै आईरहेका छन्। कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी ।