पोखरामा महिलाले दीईन ३ बच्चालाई जन्म ,,

जेठ २८ – पोखरामा एक २१ वर्षीय महिलाले ३ बच्चालाई जन्म दियकि छिन ।, पोखरा लेखनाथ महानगरपालिका १४ घर भएकी २१ बर्षीया आरती शाहीले गत शनिबार बिहान मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा बच्चा जन्माएकी हुन् ।
शल्यक्रिया गरी निकालेको दुई छोरी र एक छोरा रहेको छ । बच्चाको जन्म भयपनी उनीहरुको स्वास्थ्य अवस्था गम्भीर छ। अस्पतालका डा. दीपकप्रसाद कोइरालाका अनुसार तिन वटै बच्चाको तौल एकधम कम छ ।
, सामान्यतय बच्चाको तौल २.५ केजी हुन पर्ने हो तर बच्चाको तौल ८०० ग्राममात्र छ ।, राम्रो संग विकसित नहुदै जन्मेका शिशुको राम्रो संग फोक्सोको विकाश नहुँदा रोग सँग लड्ने क्षमता कम हुन्छ। जसले गर्दा उनीहरुलाई निमोनियाले ग्रसित बनाउछ र बचाउन गारो हुने कोइरालाले बताय ।
, जन्म दिने आरतीको स्वास्थ्य भने ठिक रहेको जानकारी छ। ,तर बच्चालाई बचाउने अवस्था भने न्युन रहेको अस्पताल स्रोतले जनायो।
