पञ्चपुरी नगरपालिका वडा नं १० मा जनज्योति बिद्यालय का बिद्यार्थी कक्षामा पढाइ छाेडेर पानी बाेक्न

“पञ्चपुरी नगर संग हाम्रो छ पुकार
स्वच्छ पानी पिउने हाम्रो अधिकार”
जेठ २९ – जनज्योति अाधारभुत बिद्यालय पञ्चपुरी १० कि कक्षा ८ मा अध्ययनरत सुनिता बि क ले यो गित गाउदा धेरै जनाले तालि बजाइए ।
पञ्चपुरी नगरपालिका वडा नं १० मा जनज्योति बिद्यालय का बिद्यार्थी कक्षामा पढाइ छाेडेर पानी बाेक्न जाने गरेका छन । बिद्यालय भन्दा धेरै टाढा पानीको श्राेत भए पनि बजेट अभाव कै कारण बिद्यालयमा पानी पुगेको छैन । बिद्यालयकाे पहिलाे घण्टीमा पढाइ सुरु हुने बेला कक्षाका बिद्यार्थीहरु अाधा घण्टा समय लगाएर नजिकै काे इनारमा पानी बाेक्न जाने गरेका छन ।कतिपय दिनमा त पानी बाेक्न जादा महत्त्वपूर्ण बिषय पढ्न छुट्ने गरेको तिताे सत्य समेत उनले बताए ।


धेरै जसाे नागरिकहरु स्थानीय सरकार संग पानी काे माग गरिरहेका थिए । नजिकै शाैचालय छ तर प्रयाेग बिहिन छ, धारा निर्माण गरिएको छ तर पानी अाउदैन, याे समस्या संग बिद्यार्थी काे दैनिकी जाेडिएकाे छ । ४ सय ११ जना बिद्यार्थी भएको बिद्यालयमा गर्मिमा बिद्यार्थी का लागि बस्ने ब्यवस्थापन काे समेत अभाव रहेकाे छ । सरकारी बजेट बाट छात्रा शुलभ शाैचालय निर्माण गरिए पनि पानी कै कारण प्रयाेग गर्न नसकिएको बिद्यालय का छात्रा सुनिता बि क बताउँछिन् । किशोरीलाई महिनावारी हुदा समेत झन अप्ठ्यारो हुने गरेकाे र यसबारे कुनै सुनुवाइ समेत नभएको उनी बताउँछिन् ।
यता वडा अध्यक्ष हरिप्रसाद ढकालले बिद्यालय मा भएको समस्या अाफुले गम्भीरतापूर्वक लिएको र तत्काल पानी काे ब्यवस्थापन का लागि ईनार खन्ने काम भैरहेकाे समेत जानकारी दिएका छन । साथै पानी काे लागि दिर्घकालिन समधान गर्न नगरपालिका मा बजेटकाे माग गर्ने समेत ढकालले बताए ।
बिद्यालयमा कक्षा स्तरीय सदन तयार गरिएको र प्रत्येक दिन फरक फरक सदनका बिद्यार्थी पानि बाेकेर अाफ्नाे कक्षाका बिद्यार्थी लाई खुवाउने गरेको साेहि बिद्यालयका छात्र लाेकेस नेपाली बताउछन् ।
