मलाई जनताले हैन अदालतले हटायो : ओली

असर २९ ,काठमान्डौ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको आदेश परमादेशले गर्दा आफूले प्रधानमन्त्रीबाट बिदा लिनुपरेको बता।

ईतिहासमा पहिलोपटक अदालतले प्रधानमन्त्री हटाईयो प्रधानमन्त्री तोकियो उनले भने। सिंहदरबार छोड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने मलाई जनताले हैन अदालतले हटाएको हो ,मैले अदालतको फैसला मान्नु पर्छ ।

आफू ३ वर्ष ५ महिना सरकारमा रहँदा थुप्रै विकास गरेको र जनताले देखिरहेको उनले बताए। यस्तै आफू चुनावको पर्खाईमा रहेको र त्यहि बेला जनताले सहि मुल्यांकन गर्ने पनि ओलीले बताए।

आफ्नो पार्टी लोकतन्त्र र संविधानको रक्षा गर्ने भएको हुँदा कार्यकर्ताहरुले धर्य गर्न र उच्च मनोबल नघटाई अगाडी बढ्नुपर्ने छ ,नेपाललाई समृद्द जनतालाई सुखी बनाउन आफू र आफ्नो पार्टी सँधै अगाडी बढिरहने  ओलीको भनाई छ ।