सुजिताको ह,त्याको कारण पत्ता लाग्न सकेन आफन्तले आज शव दाहसंस्कार गरे
चितवन – पूर्वी चितवन राप्ती नगरपालिका,३ प्रगति टोलकी २३ वर्षीया मृ,तक सुजिता भण्डारीका आफन्तले शव बुझेर सोमबार परिवारले देवघाटमा दाहसंस्कार गरेका छन् ।
असार ११ गते बिहानै घरबाट हराएकी सुजिता २० गते जंगलमा उनको शव पहिचान गर्न समेत मुश्किल रहेको अवस्थामा फेला परेको थियो। च्याउ खोज्न गएका स्थानीयले झाडीमा किशोरीको शव फेला परेको प्रहरीलाई खबर गरेपछि प्रहरीले आफन्तलाई बोलाएर शव पहिचान गरेको थियो।
११ गते हराएकि सुजिताले १२ बजे घरमा आफ्नी दिदिलाई आफू अपहरणमा परेको जानकारी गराएकि थिइन्। लगतै परिवारले प्रहरी चौकीमा खबर गरेपछि खोजितालास गरिएको थियो।
यस्तै मृतकको कारण सत्य तथ्य पत्ता नलागेसम्म शव दाहसंस्कार नगर्ने परिवारले जनाउदै आएको थियो। प्रहरीलाई पहिलेनै जानकारी गराउँदा पनि चासो दिएर खोजतलास नगरेको र सुजिताको ह.त्या भएको भन्दै आफन्तले आनोद्लन समेत गर्दै आईरहेका थिए।
प्रशासन र परिवारका सदस्यबीच ह,त्यामा संलगन र दोषीलाई पत्ता लगाई कारबाही गर्ने समझदारी भएपछि आफन्तले आज शव दाहसंस्कार गरेको बुझीएको छ।
मृ,तक सुजिताको शव बजिक फेला परेको उनको मोबाईल झोला ,बिषको डिब्बा लगायतको आधारमा प्रहरीले हत्याराको खोज्तालास गरिरहेको छ तर अझै पत्ता भने लागेको छैन।
सुजिताको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थिय। उनमाथि कुनै चोट पटक नलागेको पोस्टमार्टम रिपोर्टमा देखिएको थियो।
यस्तै बलात्कार पछि ह,त्या हो वा कसरि हत्या गरियो भन्ने विषयमा प्रहरीले भिसेरा परीक्षण गरेको छ। जसको नतिजा आएपछि प्रतिवेदनलाई आधार मानेर घटनाको विवरण सार्वजनिक गर्ने योजनामा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले बताएका छन् ।