surkhet

यस कारण एमसीसी नेपालको हितमा छैन : भरत दाहल

surkhet

साउन १० काठमान्डौ – नेपालमा लामो समयदेखि विवाद बन्दै आईरहेको एमसीसी नेपालको हितमा छैन भन्ने प्रष्ट हुँदापनि संसदबाट पास गराउने चलखेल भैइरहेको छ ।

जस्को लागि सबै नेपालीले पुनः एकजुट भएर आवाज उठाउनु पर्ने देखिएको राजनीतिक बिश्लेशक भरत दाहालले बताउदै आईरहेका छन। एमसीसी संझौताका प्रावधानहरु हेर्नुहोस् र
यसको वकालत गर्ने नेपालीहरू हुन् कि सिआईएका एजेन्ट हुन् भनेर सजिलै छुट्याउन सकिन्छ ।

यस्तो छ एमसीसीको नेपालमा रणनीति ,

Dailekh
Gorkha

एमसीसीको संझौतासंग बाझिने नेपालका सबै कानूनहरु निष्कृय भएर अमेरीकी कानूनहरु सकृय हुने। एमसीसी परियोजनामा काम गर्ने कुनै पनि व्यक्तिले जस्तो सुकै अपराध गरे पनि नेपालले गिरफ्तार गर्न र मुद्दा चलाउन नपाउने।

एमसीसीले के कस्तो काम गरिरहेको छ भन्ने कुरा जान्न चाहेमा नेपालले त्यसको लिखित अनुमति लिनु पर्ने। एमसीसी र  त्यसमा काम गर्नेहरुको आम्दानीमा नेपालले कर लगाउन नपाउने। एमसीसी ले के के आयात गर्छ भन्ने कुरा नेपालले जाँच गर्न नपाउने। एमसीसीले लगानी भएका सडकामा कर त्यसैले उठाउने।

नेपालले एमसीसीको  बैंक खाता हेर्न नपाउने। एउटा स्वायत्त संस्थाका रुपमा  एमसीसी ले कुनै पनि विदेशी पक्षसंग आफूले चाहे अनुसारका संझौताहरु गर्न पाउने। एमसीसीले गर्ने मुद्दाहरु अमेरीकी कानून अनुसार चल्ने।

एमसीसी परियोजना सकिएपछि पनि त्यसले बनाएका निकायहरु खारेज नहुने र एमसीसी पनि फिर्ता नजाने। एमसीसीले बनाउने ट्रान्समिसन लाईन नेपालको ग्रीडमा नजोडेर ईण्डियाको गोरखपुरमा जोड्ने। एमसीसी परियोजनालाई ईण्डियाको समर्थन भएको हुनु पर्ने। नेपालकाे आर्थिक तथा राजनीतिक संरचना एमसीसीले निर्धारण गर्ने।

 

salyan