सांसद अपहरण गरेका महेश बस्नेतले खग्रेन्द्र संग्रौलालाई साइबर सेना लगाएर मार्ने महेश धम्की

साउन ११,काठमाडौं – बरिस्ठ लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले आफूलाई मार्ने धम्की दिएको बताएका छन।

महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको उनले बताए ।सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।

यस्तै उनले तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? प्रश्न गरे ।‘यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर’, संग्रौलाले लेखेका छन ।

केपि ओली निकट भक्तपुरका सांसद महेस बस्नेतले पछिल्लो समय देशमा विभिन्न अराजक गतिविधि गर्दै आईरहेका छन । केपि ओलीको सत्ताच्युत पछि उनले सडकमा नाराजुलुस गर्ने गरेका छन ।

केपि ओलीलाई बालकोट पुर्याउदा पनि बस्नेतले बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई धम्की दिने गरेका थिए । बस्नेत केही वर्ष पहिले सांसद अपहरणमा मुछिएका ब्याक्ती हुन ।