दार्चुलाकको घटना स्तब्धकारी दोषीलाई तत्काल कारबाही गरियोस : भीम रावल

साउन १५ ,काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले दार्चुलाकको घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

रावलले भनेका छन् ,जिल्लाको व्यास गा.पा.का ३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर बगेको समाचार स्तब्धकारी छ।

यस्तो क्रुर अमानवीय कार्यको छानबीन गरि भारतसंग वार्ता गरेर दोषीलाई कारबाही गरि मृतकका परिवारलाई राहत प्रदान गर्न जोडदार माग गरेका हुन्।

दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिएका कारण ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन्। यो घटनाको तत्काल छानबिन गर्न सरोकारवालाले सरकारसंग माग गरेका छन्।