पुल हाउसमा जुवाडेको अखडा

साउन ३० ,काठमाडौं- स्नोकर पुल हाउसमा जुवाडेको अखडा फेला पर्दै प्रहरीले १० जनालाई प,क्राउ गरेको छ। भक्तपुर नगरपालिका ,५ भेलुखेलबाट १० जनालाई नगदसहित प,क्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

भेलुखेलका उत्तम देउवालाले सञ्चालन गरेको एमएस स्नोकर पुल हाउसमा जुवा खेलिरहेको भन्ने जानकारी पाएपछि प्रहरीले छापा मारेको थियो। पक्राउ पर्नेमा सुजित देउला, सरज देउवा, सुनिल देउला, शंकर पोडे, विक्रम अग्रवाल, धिरेन कुरुन्जु र दिनेश लामा छन्।

जुवा अखडाबाट प्रहरीले १ लाख ८९ हजार ८५० रूपैयाँ बरामद गरेको प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताए। पुल हाउस सञ्चालक देउवालले जुवा खेल्ने आवश्यक सामग्री तयार पार्ने र पैसा उठाउने गरेको खुलेको छ।

lekbesi