गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पद प्रदान गरिद्दै

असोज ३ काठमाण्डाै – गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने भएकि छिन। संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो ।

चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो राखेका छन् । गएको तीजमा उनले गाएको गीत चरी जेलमा बोलको गीतले निकै चर्चा समेत कमाएको थियो। उक्त गीतलाई लिएर धेरैले उनकै जीवनमा आधारित रहेको भन्दै विष्णु माझीको खोजी हुनुपर्ने बताएपछि प्रहारले उनको खोजि समेत गारेको थियो।

धेरैले उनलाई आफ्नै श्रीमान सुन्दरमणि अधिकारीले बन्धकमा राखेको पनि बताउदै आईरहेका छन्। गीत रेकर्डिङ गर्दा अनुहार छोपेर स्टुडियो जानु ,काठमाण्डौमै भए पनि इन्टरनेट र सामाजिक सञ्जालमा कतै फेला नपर्नुले गायिका विष्णु माझीले रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी धेरैको अनुमान छ।

विष्णु माझीको माईतिघर स्याङ्जाको रत्नपुर गाविस ६ चापाकोट हो। गायिका माझीको अवस्था सार्वजनिक गर्न दबाब बढे पछि केही समय अघि स्याङ्जामा रहेको उहाँको माइतीमा प्रहरी सोधपुछका लागि पुगेको थियो ।

संविधान दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ सय ३ जनालाई विभिन्न विभूषण र पदक दिने घोषणा गरेको छ । घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्ने भएकि छिन।