सुत्केरीको मृ,त्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनावग्रस्त

असोज १० ,धनगढी – सुत्केरीको मृ,त्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनावग्रस्त बनेको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका,२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन्।

शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा थियो। उनको आईतबार बिहान ८ बजे मृत्यु भएको पाईएको हो। बिरामीका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार अहिले दुवै पक्षबीच छलफल भइरहेको छ। पीडित पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको उनले बताए।

मल्ल शनिबार बिहान ११ बजे अस्पताल भर्ना भएकी थिइन् । सुत्केरी भइसकेपछि अवस्था जटिल बन्दा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा कल्पनाको मृत्यु भएको थियो।शिशु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।