Gold

झाँक्री हु भदै टोकेर पत्नी र छोरीको ह,त्या

Naumule Migrate

इलाम- इलाममा एक व्याक्तिले आफू धामी झाँक्री भएको भन्दै टोकेर आफ्नै श्रीमती र छोरीको ह,त्या गरेका छन्। देउमाई नगरपालिका ५ का ४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया पत्नी सिता तामाङ र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

छोरी दीक्षा कक्षा १० मा अध्यनरत थिइन्। आफूलाई देउता आएको भन्दै एक हप्तादेखि अस्वभाविक कृयाकलाप गरिरहेका तामाङले टोकेर श्रीमती र छोरीको ह,त्या गरेका हुन्। घटनाबारे प्रहरीले मंगलबार बिहान मात्रै जानकारी पाएको थियो।

तामाङलाई हाल पक्राउ गरि घटनाको अनुसन्धान अगाडी बढाईको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।उनको परिवारका ६३ वर्षीय बाबु लाल बहादुर तामाङ, आमा भीममाया तामाङ जेठि दिदी शान्ता तामाङ, माइली दिदी आशा तामाङ र तामाङका दुई छोरीले भागेर ज्यान बचाएको छिमेकी शिव कार्कीले बताए। मंगलबार श्रीमती, छोरी र कुकुरको शव प्रहरीले फेला परेको थियो।

Naumule Badhipahiro