प्रचण्ड विप्लव भेटवार्ता पार्टी एकता देशमा आँधी हुरी आउने

मङ्सिर ४ काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।

विप्लव प्रचण्डलाई भेट्न शनिबार बिहान खुमलटार पुगेका हुन्। भेटमा पार्टीबीच सहकार्यका विषयमा छलफल भएको खुमलटार श्रोतले बताएको छ। भेटमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासका कुराहरु सार्वजिक हुने गरेका छन्। छलफलमा प्रचण्ड, विप्लव र महरा रहेका थिए। यस्तै छलफलमा एमसीसी, मूल्यवृद्धि र समसामयिक राजनीतिक विषयमा कुरा भएको पनि रंग दर्पणलाई प्राप्त भएको छ।