जाजरकोटमा एक शिक्षकलाई विप्लव समूहले कालो मोसो दल्यो बजार घुमायो
मंसिर १०, जाजरकोट – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द विप्लव निकट अखिल ( क्रान्तिकारी)ले जाजरकोटमा एक शिक्षकलाई कालो मोसो दलेको छ ।
भ्रष्टाचारमा संलग्न भएको भन्दै जाजरकोट नलगाड नगरपालिका वडा न.१ बिरेन्द्र हिमालय मा.बि .का प्रअ. चन्द्र बहादुर केसिलाई कालो मोसो दलेर जनकारबाही गरेको हो ।
नलगाड नगरपालिका वडा न.१२ का प्रअ चन्द्र बहादुर केसीले सरकारी विद्यालय ध्वस्त पार्ने भ्रस्टाचारमा संलग्न रहेको विप्लव निकट अखिल ( क्रान्तिकारी ) जाजरकोटले जनाएको छ ।
यस्तै भ्रस्टाचारिलाई यसरी नै जनकारबाही गर्दै जाने समेत अखिल क्रान्तिकारीले जनाएको छ ।