रुकुम चौरजहारी

खाना खाएर आगो तापेका ट्रक चालकको कान काटेर फरार

रुकुम आठ विसकोट

मोरङ – हतियारधारी व्यक्तिले मोरङमा एक जना ट्रक चालकको कान च्वाट्तै काटिदिएका छन्।

जिल्लाको सुन्दरहरैंचा,१२ विराटचोकमा बुधबार राति ट्रक चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको प्रहरीले जनाएको छ।

उर्लाबारी नगरपालिका-७ घर भएका मुखिया सिमेन्ट लोड गरिएको प्रदेश १-००१ ख ८१८९ नम्बरको ट्रक लिएर बुढीगङ्गाबाट रङ्गेली हिँडेका थिए।

खाना खाएर आगो तापिरहेका बेला दुई जनाको समुहले उनको कान काटिदिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

विराटचोकमा पुगेपछि ट्रक पार्किङ गरेर नजिकैको पोखरेल होटलमा खाना खान गएका थिए।

खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापेर बसिरहेका बेला दुई जना आएर कान काटिदिएको जिसीले बताए कान पूर्णरूपमा छिनाइएको छ।

घाइते ट्रक चालकको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने कान काटेर भागेको व्याक्तीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको खोजी गरिरहेको पनि बताएको छ ।