राष्ट्रिय सभाको निर्वाचनमा जान लागेको गाडि सिके रावतका कार्यकर्ताले गरे तोड्फोड

काठमान्डौ – जनकपुरमा जारी राष्ट्रिय सभाको निर्वाचनमा मत हाल्न जाने क्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई सवार गाडी सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका छन् मेयर सवार गाडी जनकपुरमा तोडफोड गरिएको हो ।

सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् ।गाडीमा सर्लाहीको हरिवन नगरपालिकाका मेयरसहित उपमेयर रेनुका पौडेल पनि सवार समेत थिइन ।

प्रदर्शनकारीको आक्रमणबाट मेयरको कञ्चटमा चोट लागेको छ।मतदान स्थलमा भएको प्रदर्शन, स्थिति नियन्त्रण लिन प्रहरीले पाँच राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने प्रहरी र प्रदर्शनकारीको झडप समेत भएको छ।

जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानै देखि जनकपुरमा प्रदर्शन गरिरहेका छन् ।
कृषकका लागि मल अभाव भएको भन्दै उनीहरुले पहिले मलको व्यवस्था मिलाउन माग गरेका छन् ।

उनीहरुले ‘पहिले खाद देऊ अनि भोट खसाऊ’ भन्दै प्रदर्शन गरिरहेका थिए ।