मल्द्वार च्यातेर १ किलो सुन लुकाएपछी एयरपोर्टबाट पक्राउ
काठमाडौं: करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरी जनाएको हो।
स्रोतका अनुसार दावाले गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याएका थिए। आशंका लगेपछि विमानस्थल प्रहरीले सोधपुछ गर्दा उनले गुद्वारबाट सुन लुकाएर ल्याएको बयान दिएका थिए।
दावा गत नोभेम्बर १६ मा दुबई गएका थिए। विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार दावाले गोप्य अंगमा र पेटभित्र सुन लुकाएर ल्याएको बताए।
‘चेकजाँचको क्रममा एक्सरे गर्दा कट्टु र पेटभित्र पनि सुन देखिएपछि नियन्त्रणमा लिएका हौ उनिमाथी थप अनुसंधान भैइरहेको उनले बताए ।