Gold

मोरङको उखुबारी र ललितपुरको धापाखेल हत्या आरोपमा थप दुई जना पक्राउ

Naumule Migrate

काठमान्डौ – मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा थप २ जनालाई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले शुक्रबार पक्राउ गरि उनीहरुलाई सर्वाजानिक गरेको हो। उक्त घटनामा अप्र्हरीलले यस अघिनै तिन जना रोपितलिई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका-४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका-७ घर भएका ६२ वर्षीय नासिर आलम छन्।

थप पक्राउ परेका मोहमद सुभाम र मोहमद हकिम

मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिक-३ घर भएका राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका-७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या भएको प्रहरीको भनाई छ । प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिहेको छ भने थप अन्य व्याक्ति सम्मत संलग्न हुनसक्ने प्रहरीको प्रारम्भिक भनाई छ।

Naumule Badhipahiro