सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छौँ : नारायणकाजी श्रेष्ठ

फागुन ९  काठमान्डौ – नेकपा (माओवादी केन्द्र) का नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका छन् । सरकारलाई दिएको समर्थ आज  भोलि भित्रै फिर्ता लिन सकिने उनले एक कार्यक्रममा बताए ।

श्रेष्ठले हिजोनै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारबाट बाहिरिनुपर्ने सल्लाह दिएको बताए । प्रधानमन्त्री देउवाले बलजबस्ती एमसिसी पास गर्न खोजे गठबन्धनबाट बाहिरिने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनाईसकेका छन।

आज/भोलि नै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको उनले खुलाए।
एमसीसी जसरी पनि फेल गराउनेगरि आफूहरु अघि बढेको पनि उनको टिप्पणी छ ।

उनले नेकपा (एमाले) सँग फेरि माओवादी केन्द्रको सहकार्य हुनसक्ने पनि विश्वास दिलाए । अहिले नेकपा केपि ओलीसंग छलफल चलिरहेको पनि उनले बताए । सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री देउवा अल्पमतमा पर्ने छन।