डोटिका आदर्श गाउँपालिकाका उपाध्यक्ष नेपालीले भने एमालेले मलाई रक्सी खुवाएर पार्टी प्रवेश गरायो

फागुन ९,डोटी – नेकपा माओवादी केन्द्र आदर्श गाउँपालिकाका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् ।

गत ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले जनाएका हुन।

नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन।