Gold

युक्रेनका नागरिकहरु अत्याधुनिक हतियारसहित रुसी सेनाको प्रतिकारमा

Naumule Migrate

काठमान्डौ – आज पनि युक्रेनको राजधानी किएभमा बमबारी सहित भीषण लडाइँ चलिरहेको छ। रुसले आक्रमण सुरु गरेको आज आक्रमणको तेस्रो दिन आज पनि बमबारी, क्षेप्यास्त्र प्रहारसँगै दोहोरो गोली हानाहान पनि भइरहेको छ।

रुसी सेनाका बख्तरबन्द गाडीहरु रुसको राजधानी किएभमा चलिरहेका छन् । किएभका मेयरले बेलुका पाँच बजेदेखि बिहान आठ बजेसम्म कर्फ्यु आदेश जारी गरेको बिबिसीले जनाएको छ ।

आज युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सडकमा निस्किएर देशवासीलाई लडाइँ नछाड्ने सन्देश दिएका छन भने हजारौँ युक्रेनी नागरिकहरु अत्याधुनिक हतियारसहित सडकमा निस्किएका छन् ।

युक्रेनले नागरिकहरुलाई पनि रुसी सेनाको प्रतिकार गर्न अत्याधुनिक हतियार दिएको छ । युक्रेनले अहिलेसम्म एक सय ९८ जना युक्रेनी नागरिकको ज्यान गएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

यस्तै युक्रेनले रुसका १४ वटा विमान र एक सय दुई वटा ट्याङ्क ध्वस्त बनाएको दाबी गरेको छ ।युक्रेनले तीन हजार पाँच सयभन्दा धेरै रुसी सैनिकको ज्यान गएको र दुई सयभन्दा धेरै रुसी सैनिकलाई बन्दी बनाएको दाबी गरे पनि स्वतन्त्र पुष्टि भएको छैन ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले देश छाड्न अस्वीकार गर्दै आफू अन्तिम सम्म द्व्श र जन्ताका लागि लड्ने बताएका छन ।अमेरिकाले राष्ट्रपतिको सुरक्षित उद्धारको लागि जहाज पठाउने प्रस्ताव गरेको थियो ।

तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिले आफ्नो देशमा युद्ध चलिरहेकोले सवारी नभइ हतियार आवश्यक परेको जवाफ दिएको बिबिसीले जनाएको छ।

सामाजिक सञ्जालमा युक्रेनी राष्ट्रपतिको यो भनाइको प्रशंसा भइरहेको छ ।राष्ट्रपति जेलेन्स्कीले गएराति आफूलाई पक्राउ गर्ने रुसी सेनाको प्रयासलाई युक्रेनी सेनाले असफल बनाइदिएको बताए ।

युक्रेनका लागि बेलायत, फ्रान्स लगायतका देशले हतियार र सैनिक सहयोग पठाउन थालेका छन् भने अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६ सय मिलियन अमेरिकी डलर सुरक्षा सहायता दिने निर्णय गरेको छ ।

Naumule Badhipahiro