सरकार र पार्टीमा सधैं उपेक्षित सांसद बिष्टको योग्यता नपुगेर हो वा प्रतिशोध सांधीएको हो ?

फागुन २७ ,काठमान्डौ – ठम्मर बिष्ट जनताको माझ जानेमाने आएकै नाम हो । ३५ बर्षे राजनैतिक जिबनमा बामपंथी ब्यागग्राउण्ड वाट माओवादीको जनयुद्धमा होमीएका बिष्टले कहीले पनि राजनितीमा पछाडी फर्केर हेर्नु परेन ।

जनयुद्धको प्रारम्भ संगै माओवादीको पार्टी संगठनमा प्रबेश गरेका बिष्ट युद्धरत अवस्थामानैं जिल्ला सरकारको सदस्य र जिल्लाका बिभीन्न क्षत्रमा इन्चार्जसीप को भुमीका समेत निर्बाह गरे । संघर्षको रुप युद्ध र संगठनको स्वरुप सेना भन्ने मुल नारा अंगीकार गरीरहेको स्थितीमा तत्कालीन अवस्थामा भेरी कर्णाली राज्यको नेतृत्वको रोजाइमा बिष्ट सुर्खेतवाट पहीलो नंम्वरमा परे ।

र तत्कालीन भेरी कर्णाली राज्य जाजरकोटको मोडेल जिल्लामा सचिवालयको रुपमा काम गर्ने अवसर पाए । छोटै समयमा त्यहा उनले कुशल संगठनको भुमीका समेत प्रदर्शन गरेर देखाए । उनि त्यहावाट अपग्रेड हुदै भेक पार्टी ब्युरो सदस्यको रुपमा समेत भुमीकामा पुगे ।

घनघोर युद्ध चर्किदै जांदा साराकासारा युवा मिलीसीया सैन्यकरण भैरहदा सेना भित्र योग्य कमाण्डरहरुको खांचो हुन्थ्यो त्यही पार्टीको आदेशलाई आत्मसाथ गर्दै उनि प्रारम्भमा जनमुक्ति सेनाको कंपनी कमीसारको रुपमा मोडेल जिल्लावाट सेनामा स्थानान्तरण भए ।

त्यहा पनि उनले पहलकद्मी लिदै सुरुमा आठौं ब्रिगेडको आर्टिलरी एबं प्रशाशनिक बिभाग र पछी सातौं डिभीजनमा बटालीयन कमीसार एबं डीभीजन चिफ एड्मीष्ट्रेटरको रुपमा काम गरे । उनि त्यहा पनि धेरै समय रहन पाएनन । तुरुन्तै उनको माग हतियार तथा सेना समायोजन समिती जेएमसीसीमा भयो ।

एकातिर कुसल संगठक र कमाण्डर अर्कोतिर माओवादी युद्धमा संमाहीत हुनु भन्दा अघी उनि केही सरकारी र गैर सरकारी संस्थाहरुमा कामको अनुभवले पनि उनलाई त्यस स्थानमा केन्द्र पार्टीले छनौट गरेको हुनु पर्छ । संयुक्त राष्ट्रसंघीय नेपाल मीशन यूएनओले नेतृत्व गरेको देशको पांचवटा कमाण्ड मध्य उनि शुदुर पस्चिमको सेक्टर कमाण्डर समेत भएर नेतृत्व गरे ।

सेना तथा हतीयार समायोजनमा बिदेशी आर्मी अफीसर र पोलीटीसीएनहरुसंगको उनको काम गराइले त्यहा पनि छोटै समयमा चर्चा र प्रभाव बटुल्न उनि सफल भए र जनमुक्ति सेना र माओवादी पार्टी फरक धातुले बनेको कुराको प्रभाव छोड्न उनि सफल भए ।

सेना समायोजन भैसकेपछी भने उनि पोलीटीकल फील्डमामा सीफ्ट भए । यहा पनि उनको गति रोकीएन । २०६९ सालमा जनमुक्तिसेनावाट ब्रीगेड भाइस कमाण्डरवाट बहीर्गमन भए संगै झण्डै एक बर्षको तयारीले उनि २०७० को संसदिय चुनाउमा सुर्खेत क्षत्र नं १ वाट नेकमा माओवादी केन्द्रवाट उम्मेदवार भए ।

एद्यपी प्रतिकुल स्थितीका बिच कमसेकम पार्टीको बलीयो उपस्थिती जनाउन आफ्नो निर्बाचन क्षत्रमा सफल भए । त्यसको ठिक चार बर्ष पछी २०७४ मा उनि एमाले र माओवादी संम्मीलीत गठबन्धनवाट पार्टीको उम्मेदवार भए । र झण्डै गठबन्धन भन्दा दुइ हजार मतले अगाडी रहेको कांग्रेसलाई जिल्ल पार्दै २२० झीनो मतले बाजी मार्न सफल भए ।

यिनको चर्चात झन तब सुरु भयो जब उनको प्रदेश सभामा इन्ट्री भयो । जनताका आधारभुत मुद्धा उठाउने देखी कानुन र ऐनमा गर्नु पर्ने सुधारलाई लिएर संसद भित्र समेत उनि कार्वाही भोग्न तयार भए भने उनको आफ्नै संसदीय दलमा समेत अन्र्तसंघर्ष चल्यो ।

अहीले सम्मको उनको संबोधननैं प्रदेश सभामा सबैभन्दा लाइक, भ्यूज र कमेन्टको रुपमा दर्ज भैसकेको मात्र छैन उनि सुर्खेत राजधानी देखी प्रदेश र अन्तराष्ट्रमा समेत चर्चा बटुल्न सफल भए ।

एद्यपी उनले उठाएको दल भित्रको रुपान्तरण सहीतको अंतरसंघर्ष जायज भए पनि बिभीन्न कारणले नेकपा बिभाजन हुने स्थिती सम्म पुग्दा उनको त्यो अंर्तरसंघर्ष कोपभाजनमात पर¥यो नैं अर्कोतिर पार्टीलाई शुुद्धीढ बनाउन अन्र्तसंघर्ष रामबाण भए पनि यसको छेउटुपो थाहा नपाउने केही मानिसले गलत तरीकाले समेत सबल पार्टी निर्माणको उनको पबित्र भावनालाई अथ्र्याउन समेत पुगे ।

जेहोस प्रदेशमा चाहे जनताका सरोकारका बिषय हुन वा बिकास निर्माणमा पहल लिने हीसाबले होस उनको चर्चा कुनै दिन पनि सेलाएन । आजका दिनांक सम्म पनि आफ्नो पार्टी संबद्ध कार्यकर्ता र समर्थकलेत प्रशंशा गर्नु स्वाभाबिक नैं भयो , अन्य पार्टीहरुको तहमा पनि उनको लोकप्रीयता कम छैन ।

कतिलेत उनलाई आफ्नो निर्बाचन क्षत्रमा केजरीवालको संज्ञानै दिन सुरु गरीसकेका छन । तर पछील्लो चरणमा उनि जस्तो क्षमतावान र इमान्दार मान्छे सरकार पुर्नगठनमा मन्त्रिको कोटामा अटाएनन नैं नैतिकता भन्दा बाहीर गएर राजनैतिक र चारीत्रीक रुपले बद्नामीत ब्यक्तीहरु समेत अटाउने अड्डा बन्यो कर्णाली प्रदेश ।

यति मात्र होइन पछील्लो चरणमा निती सिद्धान्त र आदर्श मुल्य मान्यता बिपरीत एमसीसी पास भएसंगै बिष्ट पार्टीले कर्णालीको सरकार गठन देखी एमसीसी पारीत गर्ने सम्म आउदा राजनैतिक र बैचारीक रुपमा पुरै सन्तुलन गुमाउन पुगेको निष्कर्समा छन ।

र यसले पार्टीलाई तत्कालीन र दिर्घकालीन रुपमा ठुलो क्षति ब्यहोर्नु पर्ने उनको बुझाइ छ । बिष्ट जस्ता क्षमतावान र इमान्दार कार्यकर्तालाई सधैं पार्टी र सत्तामा पाखा लाउदै प्रतिसोध सांध्ने कुराले पार्टी नेतृत्वले आफुले शक्ति पर्दशन गरेको गौरबत गर्लाननैं यसले ब्यबस्था र प्रणालीमानैं जनतामाझ बीतृष्णा फैलने कुरा निस्चित छ ।

एद्यपी यो सम्पुर्ण प्रक्रियामा कुनै सन्दर्भमा केन्द्रका केही नेता र कमरेड सुप्रीमो संग समेत यस्ता बिषयलाई हल गर्ने बिषयमा केही समझदारी समेत भएको थियो तर नेताहरुले ऐन मौकामा आस्वाशन दिने र खोलो तर्ने लौरो बिर्सने संस्कारमा नेतृत्व पुगेको समेत सांसद बिष्टको बुझाइ छ ।

फेरी पनि ढीलो छिटो बिष्ट जस्ता जनप्रीय नेताहरुको उचित ब्यबस्थापन गर्न सके जनतामाफ फैलदै जाने तर सत्ता र शक्तिमा गलत मान्छेहरु बोक्ने र इमान्दार ब्यक्तिहरु पाखा लाउने बिकासको श्रृंखलाले नेकपा (माओवादी केन्द्र ) खीइदै गएर कुइराको काज हुनेत होइन आम चासोको बिषय बनेको छ ।

माओवादी महाधिवेशन र प्रचण्डले अन्याय गरेका कर्णाली सांसद ठम्मर बिष्ट