निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै
फागुन २७ ,काठमान्डौ – निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज छलफल गर्दै छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे आयोगले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको ह। संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई-दुई जना प्रतिनिधिहरुलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।
छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे रायसुझाव लिइने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन घोषणा भएको करिब एक मह्हिना अपुरा भईसकेको छ। सोहि आवधिभरका आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषय वस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्यले छलफल बोलाईएको आगोगको भनाई छ।
आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले ७९ दललाई मान्यता दिएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले भने निर्वाचनमा भाग लिन पाउने छैन। २०७४ सालको स्थानीय तह निर्वाचनमा ८० दलले दल दर्ताका लागि निवेदन दिएपनि ५७ दलले भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका छन्।