एमालेमाथि खनिदै प्रचण्डले भने ढुंगा मुढा भयो भनेर झुठा प्रचार गर्नु उनीहरुको दिनचर्या : प्रचण्ड

फागुन २८,काठमान्डौ – एकिकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल एमालेप्रति आक्रोस पोखेका छन्। एमालेका नेता कार्यकर्ता भ्रामक प्रचार गर्न अभ्यस्त रहेको र कर्णालीको कार्यक्रममा पनि त्यस्तै प्रचार भएको प्रचण्डले बताए।

हिजो शुक्रबार पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डमाथि कार्यक्रम हलमै ढुंगा प्रहार भएको र प्रचण्डको चस्मा खायो भनेर भ्रामक खबर फैलिएको थियो । प्रचण्डमाथि ढुंगा प्रहार भएको भनें खबर बाहिरिएपछि प्रहरी कार्यालय सुर्खेतले खण्डन गर्दै यस्ता भ्रामक खबर प्राकसित प्रकाशन गर्नेमाथि कारबाही गरे बताएको थियो।

यस्तै अहिले प्रचण्डले पनि यो कुराको खण्डन गरेका हुन्। कर्णालीमा प्रशिक्षण सिटी हलमा भएको थियो। प्रचण्डले भने-‘कमरेड मनऋषिले देखाउनु भयो एउटा समाचार, काठमाडौंमा अहिले त्यो भाइरल भएको छ रे। कर्णालीमा प्रशिक्षण सिटी हलमा त्यो ठाउँमा प्रचण्डमाथि ढुंगा प्रहार भयो । प्रचण्डको चस्मा फुट्यो । त्यहाँ असफल भयो भनेर प्रचार गरेका रहेछन् । हामी त्यहाँ सहभागी भएर आउनेहरुका लागि त त्यो हाँसोउठ्दो कुरा भयो । त्यति अनुसाशित र भव्य रुपमा सफल भएको छ । मैले लगाएको चस्मा यही हो जस्ताको जस्तै छ । तर, बुझ्दा के देखियो भने एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् ।

उनीहरुले झूटो प्रचार गरेर पनि बाहिर केही भ्रम दिन सकिन्छ कि भनेर कोशिस गरेको देखिन्छ । प्रचण्डले प्रतिक्रियावादी र अवसरवादीहरु जहिले पनि माओवादी आन्दोलन, माओवादी केन्द्र र यसको नेतृत्व उनीहरुका लागि चुनौति भएको बताए । झुटो प्रचार र बेइमानी गर्नु उनीहरुको दिनचर्या बनेको अध्यक्ष प्रचण्डको भनाई छ।