राष्ट्रिय स्तरको राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ कुमार सानू पुनले उचाले
फागुन २८ ,काठमान्डौ – राष्ट्रिय स्तरको ७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ को ध्वनी सम्पादन उत्कृष्टको अवार्ड कुमार सानू पुनले उचालेका छन ।
कल्ले बोलायो बोलको चर्चित लोक दोहोरी गीतबाट ध्वनि सम्पादन शीर्षकबाट मनोनयनमा परेका कुमार सानू पुनले सर्वोउत्कृष्ट लोक दोहोरी ध्वनि मिश्रणबाट २०७६/२०७७ अवार्ड हात पारेका छन ।
कल्ले बोलायो बोलको गीतलाई रुद्र जि एमले शब्द संगीत गरेका हुन भने बागबजारमा रहेको शंकारा स्टुडियोमा गीत रेकर्ड मिक्सिङ भएको हो ।उक्त स्टुडियो कुमार सानू पुन कै हो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान उपत्यका समन्वय समितिले आयोजना गरेको राष्ट्रिय स्तरको ठूलो अवार्ड राष्ट्रिय नाच घर जमलमा गरिएको थियो । कार्यक्रमको विशिष्ट उपस्ति उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान उपत्यका समन्वय समितिले प्रतेक बर्ष राष्ट्रिय स्तरको राष्ट्रिय लोक दोहोरी अवार्ड गर्दै आउने गरेको छ।