Simta
Simta
lekbesi

पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै रसिया क्वार्टरफाइनलमा

Gurvakot

असार १७, एजेनसि ,,- विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आयोजक रसिया र स्पेनबीचको खेल पेनाल्टी सुटआउटमा रसियाले ४-३ गॉल ले जितको छ । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।
पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने दुबै टिमले गोल गर्न सकेनन् । स्पेनले एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेको थियो भने रसियाले खासै मौका निकाल्न सकेको थियन । खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १-० ले अग्रता लिने अवसर पायो ।

रसियालाई ४१ औ मिनेटको पेनाल्टीसम्म खेलमा पर्खियो । आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो । तर त्यसपछि निर्धारित समय ९० मिनेटसम्म दुबै पक्षाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो थियो ।

Simta