Gold

स्वीट्जरल्यान्डलाई१–०गोलले पराजित गर्दै स्वीडेन क्वाटरफाइनलमा प्रवेश,,

Naumule Migrate

असार १९ , एजेन्सी – रसियामा जारि विश्वकप खेलमा स्वीडेनले स्वीट्जरल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्वीडेनका लागि इमिल फोर्सबर्गले गरेको एक मात्र गोल जितको आधार बनेको हो । उनी नायक बन्दा स्वीडेन क्वाटरफाइनलमा प्रवेश गर्यो ।

खेलको ६६औं मिनेटमा स्वीडेनका फोर्सबर्गले गोल गर्दै अग्रता दिलाएका थिए । उनकै उत्कृष्ट गोलमा स्वीडेनले स्वीट्जरल्यान्डविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेपनि स्वीट्जरल्यान्ड पराजित हुन पुग्यो । स्वीट्जरल्यान्डले दोस्रो हाफमा गोल हान्ने मौका पाय पनि त्यो सफल हुन सकेन। काउण्टर अट्याक खेल खेले पनि बल गोल भन्दा बाहिर पुगेको थियो। त्यो नै स्वीट्जरल्यान्डको लागि दुर्भाग्य भयो ,पराजित स्वीट्जरल्यान्ड भने विश्वकप फुटबलबाट बाहिरिएको छ ।

Naumule Badhipahiro