चुनाव नजिककै एमाले नेता बालकृष्ण ढुंगेलको निधन रहस्यमय

असोज २२

काठमान्डौ – नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।

श्रोतका अनुसार बाथरुममा लडेर उनको निधन भएको बुझीएको छ। परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

बाथरुममा लडेर मृत्यु भनेपनी उनको मृत्यु रहस्यमय भएको जन्ताले प्रतिक्रिया दिने गरेका छन ।

यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए ।

सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा केही उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।