पानि छोयको निहुँमा कुटपिट गर्ने महिलालाई जेल चलान ,,
असार,२७ महोत्तरी- पानी छोएको निहुँमा कुटपिट गर्ने आमाछोरीलाई जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।१५ वैशाखमा बर्दिवास नगरपालिका ४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषामाथि कुटपिट गर्ने दुई जना महिलालाई जातीय भेदभाव तथा कसुरमा दोषी ठहर गर्दै महोत्तरी जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातीय भेदभाव तथा कसुरमा दोषी ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना कैद र १० हजार जरिवाना र अर्की अभियुक्त नाबालक भएकाले आधा अर्थात ३ महिना कैद सजाय सुनाइएको छ । तर, १६ वर्ष उमेर नपुगेकाले एक वर्षभित्र यस्तै कसुर गरेमा यो समेत गाभेर कार्यान्वयन गर्ने गरी बालबालिका सम्वन्धी ऐनको दफा ५ (२) अनुसार सजाय स्थगनको फैसला भएको श्रेस्तेदार रामानन्द अधिकारीले बताए । दालतले उनलाई सुनाएको ५ हजार जरिवाना अभिभावकबाट उसुल्न आदेश दिएको छ । साथै पीडितलाई पचास हजार -२५/२५ हजार) क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ ।