माओवादी नेता बर्षमान पुनको आमा माथी गोलि प्रहार

काठमाडौँ – माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।

खुट्टामा गोली लागेकोछ अहिले ट्रमासेन्टरमा उपचार भैइरहेको छ।भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरीको भनाई छ।
उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी हुन। गोलि किन चलाईएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। नेता पुन भने उपचारको लागि चीनमा छन।बैशाख २
