भोलि देखि महानगरभित्र हिन्दी चलचित्र बन्द : मेयर बालेन शाह

असार ३

काठमान्डौ – भोलिदेखि काठमाडौं महानगरपालिकाभित्र हिन्दी चलचित्र चल्न नदिने प्रमुख बालेन्द्र शाह बालेनले घोषणा गरेका छन।
दक्षिण भारतीय चलचित्र आदि पुरुषमा जानकी भारतकि छोरी हुन भने शब्द नहटाए सम्म मेयर बालेन शाहले महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका थिए ।

आदि पुरुषमा रहेको उक्त शब्द हटाउन बालेनले तीन दिनको समय दिएका थिए । तर सो समय भित्र पनि शब्द नहटाइएपछि बालेनले भोलि देखि महानगरभित्रका कुनै पनि हलमा हिन्दी चलचित्र नचल्ने बताएका हुन।