मादक पदार्थ पिएर गाडी चलाउदा बिजुलीको पोलमा ठोक्कियो

माघ २२

चितवन – मादक पदार्थ पिएर रातीमा गाडी चलाउदा दुर्घटना भएको छ।गएराति १२ बजेर २० मिनेट जाँदा उक्त दुर्घटना भएको थियो ।

चितवनको पर्यटकीय क्षेत्र सौराहामा आइतबार मध्यरातमा भएको दुर्घटनामा दुईजना घाइते भएका छन्।

आईतवार राती दुर्घटना हुँदा सडक आडको बिजुलीको पोल र ट्रान्समिटर नै क्षतिग्रस्त भएको हो।

lekbesi

गाडीका चालक फरार रहेको र घाइतेको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

गए राति बीएसी ९००६ नम्बरको हाइलक्स गाडी अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा गाडीमा रहेका नवलपुर गैंडाकोट,१३ का २७ वर्षीय विपिन पराजुली र चितवन भरतपुर महानगरपालिका,१९ का २२ वर्षीय मनिष लामा घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

डिएसपी भण्डारीका अनुसार चालक फरार छन् । घाइतेहरुले पनि मादक पदार्थ खाएको उनले बताए । उनीहरुको अवस्था मधयम रहेको छ । घाइतेको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।