गायिका निर्जला गुरुङमाथी शितलको नशालु हेराई भिडियोमा यस्तो सम्म गरे

फागुन ९

काठमान्डौ – गायक शितल गुरुङ र निर्जला गुरुङको आवाजमा रहेको नशालु हेराईले बोलको गीत बजारमा सार्वजनिक गरिएको छ।

यो जोडिलाई पछिल्लो समय दर्शकले अत्यधिक मन पराउने र खोज्ने गरेका छन। देश देखि विदेशबाट दर्शकको अपार मायाले नशालु हेराई बोलको गीत अहिले दर्शकको रोजाईमा परेको देखिन्छ ।

पछिल्लो समय लाईभ दोहोरिमा निर्जला र शितललाई दर्शकले पहिलो स्थानमा राख्ने गरेका छन। यस्तै गायक शितल गुरुङले बजारमा थुप्रै चर्चित गीत ल्याईसकेका छन । युके लन्डनको गीत उनको निकै चर्चामा छ।

lekbesi

सुमन आलेको संगीत तथा सीता राम परियारको शब्द लेखन रहेको यो गीतमा गायक तथा सर्जक चेतन गोतामेले मीठो एरेन्ज गरेका हुन।

कुमार केसिको निर्देशन करण चैसिरको छायांकन रहेको गीतमा लोमस शर्मा र अस्मिता रानपालको अभिनय रहेको छ भने अमृत चापागाईले सम्पादन गरेका छन।