रुकुम चौरजहारी

थापाथलीस्थित प्रस्तुती गृहबाट चोरी भएको बच्चा काँडाघारीमा फेला

रुकुम आठ विसकोट

काठमान्डौ – थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार शिशुलाई काँडाबारीमा फेला पारिएको छ भने बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु एक जना महिलाले लिएर गएकी थिइन् ।

प्रहरीले शिशुसहित उनलाई नियन्त्रणमा लिएपनि नाम सार्वजनिक गरेको छैन भने शिशु लैजानुको कारण पनि बताएको छैन ।

सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको देखिएको थियो ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका हुन । फागुन १२