surkhet

एलिना चौहानमाथी साउन्ड सिस्टमले लगाएको प्रतिबन्ध प्रती प्रतिस्ठानको आपत्ति

फागुन २७

surkhet

काठमान्डौ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालले गायिका एलिना चौहानमाथी साउन्ड टेक्निसियनहरुले लगाएको प्रतिबन्ध प्रती आपत्ति जनाएको छ।

प्रतिस्ठानले आज एक विज्ञप्ती जारी गर्दै साउन्ड सिस्टम व्याबसायीहरुले एक तर्फी रुपमा गरेको निर्णय तत्काल सच्याउन समेत आग्रह गरेको छ।

Gorkha

साउन्ड सिस्टम र व्याब्सायीको परिपुरक सम्बन्धलाई स्वच्छ राख्न वातावरण सिर्जन गर्न पनि विज्ञप्तीमा उल्लेख छ।

Dailekh

गत फागुन २० गते पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको व्यवसायीको आरोप छ ।
चौहानले गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका थिए ।
साउण्ड सिस्टम व्यवसायीले चौहानका कुनैपनि कार्यक्रममा उपकरण उपलब्ध नगराउने चेतावनी दिएपछि उनले शनिबार फेसबुकमार्फत माफी मागेकी हुन् ।

 

 

salyan