Gold
Bangad salyan

प्रधानमन्त्री ओलीलाई भेट्न जादै गरेका दुई मन्त्रीको गाडि दुर्घटना

साउन १४

Salyan

कैलालि – प्रधानमन्त्री केपि ओलीको स्वागतका लागि हिडेका प्रदेशका दुई मन्त्रीको गाडि एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा लम्की नजिक दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको हो ।

भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ ।

सार्की चढेको से. १ झ ३३० र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी ठोक्किएको हो । दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । प्रधानमन्त्री ओली आज कैलालीको चिसापानी पुगेका छन।