सांसद भिम शर्माले गराए स्पाईनल बिरामीलाई ह्विल्चियर उपल्ब्ध
साउन १५

सुर्खेत – कर्णाली प्रदेशका पुर्व मन्त्री हाल माननीय सांसद भिम प्रकाश शर्माले स्पाईनल बिरामि कृष्ण कुमारी रामजाली मगरलाई ह्विल्चियर उपलब्ध गराएका छन।
भेरी गङगा नगरपालिका २ निवासी कृष्ण कुमारी घाँस काट्दै गर्दा रुखबाट खसेर गम्भिर घाईते थिइन। उनने धेरै अस्पतालमा उपचार गर्दा पनि उनको कम्मरदेखि तल्लो भाग नचल्ने भएको थियो।
डाक्टरले सन्चो नहुने सक्ने भनेपछी कृष्णका श्रीमान तेज बहादुर खड्काले घरमा ल्याएका थिए । बिरामी हिडडुल गर्न नसक्दा ओछ्यानमै सौच गराउनु परेको उनले रंग दर्पणलाई बताए । उनका एक छोरा र एक छोरी छन।
देश बिदेशमा रहने समाजसेविलाई पनि कुर्सीको माग गर्दा कसैले सहयोग नगरेको दु:ख उनले पोखे। समाजसेविले सहयोग गर्छन भन्ने सुने धेरैलाई भने तर कसैले सहयोग गरेनन उनले भने ।
अहिले कर्णाली प्रदेशका माननिय सांसद भिम प्रकाश शर्माले ह्युल्चियर उपलब्ध गराएपछी उनी खुसी छन। श्रीमती सन्चो नभएपनि बाहिर भित्र गराउन हामिलाई राम्रो हुने भयो नत्र बिस्तरामा समातेर दुई जना लागेर बाहिर भित्र गराउनु पर्थ्यो उनले हामीलाई भने ।
रंग दर्पणसंग तेजबहादुरले भने अब श्रीमतीलाई बाहिर भित्र गराउदा उस्ले आफै हल्का खुट्टा चलाउन हल्लाउन पनि सक्छ । थेरापि पनि गराउने गरेको छु केही सुधार हुने आशामा छौ ।
यस्तै आफू निम्न परिवारको भएको हुँदा उपचार खर्च गर्न नसक्दा सबैले सक्दो सहयोग गरिदिन समेत आग्रह गरेका छन।


