Gold
Bangad salyan

रक्सी खाने र झगडा बढ्न थालेपछि गाउँले मिलेर रक्सी नै फालीदिए

पुष १२

Salyan

गोरखा – आरुघाट गापा वडा नं १० को फुल्पाति भन्ज्यांगमा रक्सी खानेहरुको भिड बढ्ने र झगडा हुन थालेपछि मदिराहरु बरामद गरि नष्ट गरिएको छ ।

वडा अध्यक्ष सन्जित श्रेष्ठ, ईलाका प्रहरि कार्यालय आरुघाटका प्रमुख अनिल श्रेष्ठ, वडा सदस्य गममांया सुनार सहित स्थानियहरुको बाक्लो ऊपस्थितिमा अवैध रुपमा बिक्रि बितरण गरिंदै आएको मदिरा बरामद गरि नष्ट गरिएको हो ।


वडा अध्यक्ष सन्जित श्रेष्ठले अवैध रुपमा राज्यको नजरभन्दा बाहिर रहेर कोहि कसैलाई पनि गैरकानुनि कारोबार गर्ने छुट नभएको र यदि गरेमा कानुनि दायरामा लेराईने बताऊंनुहुंदै स्थानिय महिला समुहहरुको सक्रियता र बुद्दिजिवि, नागरिकहरुको साथ रहे अवैध मादक पदार्थ बिक्रि बितरण र शेवन नियन्त्रण गर्न सकिने बताऊनुभयो ।

लागुऔषध दुर्व्यसनि, मदिरा शेवन, जुवातास जस्ता गैरकानुनि गतिबिधिहरु बडेसंगै गाऊंमा चोरि, लुटपाटका घटनाहरु मौलाऊंदै गएपछि प्रहरि प्रशासनको नजर परेको छ । ईलाका प्रहरि कार्यालय आरुघाटका प्रमुख अनिल श्रेष्ठले फुल्पाति भन्ज्यांग चोरि घटनाका अपराधिहरु जुनसुकै अवस्थामा पनि छिट्टै पक्राऊ पर्ने बताऊनुभएको छ ।