पोखराको बेगनास तालमा डुंगा पल्टियो एक जनाकाे मृत्यु, ५ जना बेपत्ता ,,

भदौ २३, पोखरा – पोखराको चर्चित बेगनासतालमा डुंगा पल्टिदा एक जनाको मृतु भएको छ। भने ५ जना घाईते भएका छन्। डुंगामा सवार नौ जनामध्ये चारजनाको उद्वार गरिएको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी ओम राणाका अनुसार उद्दार कार्यमा प्रहरी जुटेको उनले जानकारी दिए । बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् । उनीहरुको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता भएकाहरूकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
